नियम २६
लागत अनुमान स्वीकृत गर्ने
(१) नियम ६३ अनुसार खरिद कार्यका लागि तयार
गरिएको लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ ः–
(क) महानगरपालिकाको हकमा,–
(१) एक करोड रुपैया“सम्म सचिवबाट,
(२) दुई करोड रुपैया“सम्म प्रमुखबाट,
(३) दुई करोड रुपैया“ भन्दा बढी महानगरपालिकाबाट ।
(ख) उप–महानगरपालिकाको हकमा,–
(१) पचास लाख रुपैया“सम्म सचिवबाट,
(२) एक करोड रुपैया“सम्म प्रमुखबाट,
(३) एक करोड रुपैया“ भन्दा बढी उप–महानगरपालिकाबाट ।
(ग) नगरपालिकाको हकमा,–
(१) पच्चीस लाख रुपैया“सम्म सचिवबाट,
(२) पचास लाख रुपैया“सम्म प्रमुखबाट,
(३) पचास लाख रुपैया“ भन्दा बढी नगरपालिकाबाट ।